पाल्पा, माघ १९,
तानसेन स्थित बेथल इङ्लिस बोर्डिङ् सेकेण्डरी स्कुलका विद्यार्थीहरुले खाना महोत्सव गरेका छन् । कक्षा ६,७ र ८ का विद्यार्थीहरुले आयोजना गरेको महोत्सवमा बटुक, चुकौनी, सेलरोटी, पकौडा, मासुका छोइला, म.म.पानीपुरी लगाएतका स्थानिय स्तरमा पाइने खानाका परिकारहरु राखिएका थिए । विद्यालयले नेपाल सरकार र ब्रिटिस काउन्सिल द्धारा संचालित आइ.एस.के को विभिन्न परियोजनाका कार्यहरु गर्दै आएकोमा खाना महोत्सव पनि एक परियोजनाकार्य अन्र्तगत आयोजना गरिएको कार्यक्रम संयोजक तथा पेसा व्यवसाय तथा प्रविधी शिक्षा विषय शिक्षक शोभा गुरुङ्गले जानकारी दिनुभयो । परियोजनाकार्य गर्नु पूर्व विद्यार्थीहरुलाई नेपाल तथा भारतका विभिन्न खानाका परिकारहरुको बारेमा अभिमुखिकरण तथा पकाउने तरिका, प्रयोग हुने सामग्री र उचित मिश्रणका बारेमा ज्ञान दिइएको थियो ।
पढाईसंगै विभिन्न विषयमा प्रयोगात्मक तथा व्यवहारिक ज्ञान दिने उद्देश्ले विभिन्न रचनात्मककार्यहरु गर्दै आईरहेको बेथल स्कुलले पेसा व्यवशाय तथा प्रविधि शिक्षा विषयको पाठ्यक्रममा आधारित रहि यो कार्यक्रम आयोजना गरिएको प्रिन्सिपल खेd सारुले बताउनुभयो ।
खाना महोत्सव कार्यक्रमका प्रमुख अतिथी निजी तथा आवासिय विद्यालय अर्गनाइजेशन (प्याब्सन) पाल्पाका उपाध्यक्ष महेशमान बज्राचार्यले बेथल स्कुलले निरन्तर रुपमा अयोजना गर्ने अतिरिक्त कृयाकलापहरु मध्ये विद्यार्थीहरुलाई पाठ्यक्रममा आधारित परियोजना कार्यको आयोजनागरि सिपप्रदर्शन गर्ने अवसर प्रदानगरि ब्यवहारिक शिक्षाको प्रवद्र्घन गर्नु राम्रो उल्लेखनिय काम भएको बताउनुभयो । अभिभावक दिपा रानी रेग्मीले घरमाचिया पनि पकाउन गाह्रो मान्ने नानीबाबुहरुले सेतो टोपी र सेतो एप्रोन लगाएर विभिन्न परिकारहरु बनाएको देख्दा धेरै खुसीलागेको जनाउनुभयो ।
कार्यक्रमका पाहुनाहरु तानसेन वडा नम्बर दुईका वडा सदस्य महेश मान श्रेष्ठ,ि विद्यालय व्यवस्थापन समितीका अध्यक्ष माधवप्रसाद नेपाल, विद्यालयका प्रिन्सिपल खेमबहादर सारु लगाएतले ब्यवहारिक शिक्षा , यसको आवश्यकता र महत्व र प्रभाबका बारेमा बोल्नुभएको थियो । कक्षा आठ कि छात्रा विदुषी रेग्मीको सञ्चालन, विद्यार्थी सुलधाभुषलको स्वागत र कक्षा आठकै छात्र विशाल गैरको अध्यक्षतामा खाना महोत्सवको औपाचारिक कार्यक्र भएको थियो ।
Source: flashnepal.com