Add Your Blog


मोबाइल सुरक्षित चार्ज गर्ने उपाय
By WebAdmin
Published on 18 Jan, 2020

 

स्मार्टफोनको सबैभन्दा ठूलो समस्या ब्याट्री चार्जिङ हो। कहिलेकाही गुणस्तरीय फोनसमेत ब्याट्रीकै कारण प्रयोगविहीन बन्न पुग्छ। मोबाइल चार्जिङको समयमा केही गल्ती गर्दा मोबाइल नै ब्लास्ट हुने सम्भावना हुन्छ।

मोबाइल फुल चार्ज भइसकेपछि पनि प्लगबाट नहटाउने कतिपय मानिसको बानी हुने गर्छ। तर, यो मुर्खता हो। फुल चार्ज भइसकेपछि पनि प्लग हटाइएन भने मोबाइलको ब्याट्री फुल्नेजस्ता समस्या आउने गर्छ।

सकभर मोबाइलको चार्ज १०० प्रतिशत हुनु पहिला नै मोबाइललाई चार्जरको प्लगबाट हटाउने गर्नुपर्छ। मोबाइल फूल चार्ज भएपछि पनि त्यसलाई लगातार चार्जमा राखिए मोबाइल ब्लास्ट हुने सम्भावना हुन्छ।

मोबाइललाई जतिखेर पायो त्यतिखेर चार्जमा नराख्नुहोस्। मोबाइलको ब्याट्री पूरै डाउन हुन नदिनुस् कम्तीमा १० प्रतिशतभन्दा तल पुग्ना साथ चार्जमा राख्ने गर्नुस्।

आफ्नो स्मार्टफोनलाई तातो ठाउँमा नराख्नुहोस्। तपाइँले याद गर्नुभएको होला हाम्रो मोबाइल चार्ज गरेपछि तातो हुने गर्छ। चार्जपछि फोनलाई तातो ठाउँमा राख्नाले मोबाइल ब्लास्ट हुन सक्छ। याद राख्नुस् मोबाइल चार्ज गर्दा पनि त्यसलाई तातो ठाउँमा राखेर चार्ज गर्नुहुन्न।

मोबाइल राख्दा जीपीएस आधारित एप बन्द गरेर राख्नुहोस्। यसलाई जरुरीमा मात्र प्रयोग गर्ने गर्नुपर्छ। यस्ता फिचरले ब्याट्री छिटो सक्ने र फोनलाई तातो बनाउने काम गर्छन्।

Source: Annapurna Post


Comments (0)

Your Image:

Related Blog List


२०७७ सालको वार्षिक परिक्षाको नतिजा प्रकाशन

Details


तानसेन स्थित बेथल इङ्लिस बोर्डिङ् सेकेण्डरी स्कुलका विद्यार्थीहरुले खाना महोत्सव गरेका छन् । कक्षा ६,७ र ८ का विद्यार्थीहरुले आयोजना गरेको महोत्सवमा बटुक, चुकौनी, सेलरोटी, पकौडा, मासुका छोइला, म.म.पानीपुरी लगाएतका स्थानिय स्तरमा पाइने खानाका परिकारहरु राखिएका थिए ।

Details


स्मार्टफोनको सबैभन्दा ठूलो समस्या ब्याट्री चार्जिङ हो। कहिलेकाही गुणस्तरीय फोनसमेत ब्याट्रीकै कारण प्रयोगविहीन बन्न पुग्छ। मोबाइल चार्जिङको समयमा केही गल्ती गर्दा मोबाइल नै ब्लास्ट हुने सम्भावना हुन्छ।

Details



Quick Links

Contact Us

Facebook